दफा ३२
निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकार
(१) निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) आफूलाई तोकेको कार्यक्षेत्रमा ऐनको प्रभावकारी कार्यान्वयन भए वा नभएको नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्ने,
(ख) ऐनले प्रत्याभूत गरेका हक अधिकार सेवाग्राहीले उपभोग गर्न पाए वा नपाएको सन्दर्भमा उजुरी तथा गुनासो सुन्ने,
(ग) नेपाल सरकारको सम्पर्क व्यक्तिको रूपमा कार्य गर्ने,
(घ) खाघ सहायता वितरण “प्रणाली चुस्त र दुरूस्त भए वा नभएको निरीक्षण गर्ने,
(ङ) आवश्यकता (अनुसार कुनै वस्तु वा सेवाको गुणस्तर परीक्षण गराउने,
(च) निरीक्षण: वा - जाँचबुझको लागि आवश्यक विवरण वा जानकारी माग गर्ने तथा बयान लिने,
(छ) ऐन तथा यस नियमावली विपरीत कुनै कसूरजन्य कार्य भइरहेको भन्ने विश्वास गर्ने मनासिब आधार भएमा उक्त स्थानमा जुनसुकै बखत प्रवेश गरी जाँचबुझ गर्ने,
(ज) ऐन तथा यस नियमावली विपरीतको कसूरजन्य कार्यको अनुसन्धान तथा तहकीकात गरी मुद्दा दायर गर्ने।
(२) निरीक्षण अधिकृतले ऐन तथा यस नियमावली बमोजिम अनुसन्धान तथा जाँचबुझ गर्दा सम्बन्धित व्यक्तिलाई सुनुवाइको उचित मौका दिनु पर्नेछ।